क्रिकेट टोलीलाई जनही पाँच लाख दिइने

Nepali cricket01
लाेकपाटी न्यूज

काठमाडौं, २२ माघ । अन्तराष्ट्रिय एकदिवसीय र टि–ट्वान्टी क्रिकेट सिरिज जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही पाँच लाख रुपैया दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद परिषद्को सिफारिससगै खेलकुद मन्त्रालयको प्रस्तावमा सो निर्णय भएको खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले युएईलाई उसकै घरेलु मैदानमा दुवै श्रृखला २–१ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो खेल हारेपनि अन्तिम दुवै खेल जित्दै नेपाली टोलीले ऐतिहासिक सफलता बनाउदै वरियतामा पनि पर्न सफल भयो । टोली हिजो नै स्वदेश फर्किएको थियो ।

राष्ट्रको नाम उँचो राख्ने खेलाडीको सम्मानमा कुनै कसर बाँकी नराख्ने भन्दै सरकारले नगद पुरस्कारको घोषणा गरिएको जनाएको छ । यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले नेपाली टोलीका हरेक सदस्यलाई प्रोत्साहनस्वरुप जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरे । टोलीको स्वागतार्थ विमानस्थल पुगेका तिमल्सिनाले खेलाडीको हातमा १० हजार रुपैयाँको खाम थमाउँदै स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्