‘मिसेस नेपाल टुरिजम २०१९’ काे ताज छिरिङलाई

misses-tourism-2019-chhiring-dolma
लाेकपाटी न्यूज

काठमाडौं, २२ माघ । ‘मिसेस नेपाल टुरिजम २०१९’ को उपाधि छिरिङ डोल्मा शेर्पाले जीतेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न यस प्रतियोगितामा काठमाडौं बौद्ध, फूलबारीकी शिक्षिका छिरिङले मिसेस नेपाल टुरिजमका साथै बेस्ट हेयर उपाधि पनि पारेकस् हुन ।

स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगितामा दमककी शिक्षिका संगीता खड्का पौडेल फस्ट रनर अप, महाराजगन्जकी इन्दिरा लामिछाने सेकेन्ड रनर अप, कलंकीकी मुक्ता सेडाई थर्ड रनर अप घोषित भए ।

सो प्रतियोगितामा संगीता गौतम पब्लिक च्वाइससँगै भिवर्स च्वाइस, रोशनी अयर, मस्ट फोटोजेनिक, नम्रता लामिछाने बेस्ट र्याम्प वर्क, सविता थापा गिरी, बेस्ट कन्जिनियलिटी, कर्सन राई मस्ट गर्जियस, र समीक्षा लामिछाने मिसेस ब्युटीफुल घोषित भए ।

अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगितामा अभिनेता गजित विष्ट, अभिनेत्री अरुणा कार्कीलगायत निर्णायक थिए । प्रतियोगिता पूजा निरौलाको आयोजना र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न भएको थियो । कार्यक्रम पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्