अध्यक्ष महरसहित नेविसंघका ६ जना पक्राउ

Nepali congress_flag logo
लाेकपाटी न्यूज

काठमाडौं, २२ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिन जान लागेका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित नेविसंघका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु गाडी जलाएको विरोधमा पोखरामा नेविसंघ कार्यकर्ता पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिन जान लागेका हुन् ।

अध्यक्ष महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरीले मीनभवनबाट पक्राउ गरेको बताइएको छ । उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको बताइएको छ ।