नेप्सेमा ८ अंकको गिरावट

Share Market
लाेकपाटी न्यूज

काठमाडौं, २३ माघ । धितोपत्र बजारमा बुधबार पनि सेयरको मुल्य घटेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ७.३८ विन्दुले घटेको छ ।

बुभबार नेपाल स्टक एक्स चेन्ज ‘नेप्से’ ७.३८ अंकले घटेर ११३९.७२ विन्दुमा कारोबार बन्द भएको हो । उक्त दिन कारोबारमा आएका १ सय ६७ कम्पनीहरुको ७,४६,९४६ कित्ता सेयर खरिद बिक्री हुँदा २३ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

कारोबारमा भने बुधबार अपरतामाकोशी हाइड्रो पावर कम्पनीले अग्रता लिएको छ । कम्पनीको १ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

यसैगरि बुधबार सामुदायिक लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसको प्रतिसेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई समुन्नेट स्किम १ को लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मुल्य ४.८१७८६ प्रतिशतले घटेको छ । आज नेप्सेमा सुचिकृत ११ वटा समुहमा सबै समुहको परिसुचक घटेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्