प्रकाण्ड पुत्र पक्राउको विरोधमा शैक्षिक संस्था बन्द

school
लाेकपाटी न्यूज

काठमाडौं, २४ माघ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र पक्राउको विरोधमा मुलुकभर शैक्षिक संस्था बन्द भएका छन् ।

नरेन्द्र पक्राउको विरोधमा सो पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मुलुकभरका शैक्षिक संस्था बन्द गरेको हो । नरेन्द्र सो संगठनका कोषाध्यक्ष हुन् ।

अखिल क्रान्तिकारीको बन्दबाट राजधानीसहित मुलुकभरका शैक्षिक संस्था प्रभावित बनेका छन्। उनी माघ १७ गते काठमाडौं फर्किने क्रममा उनी विराटनगर विमानस्थलबाट चिनियाँ पेस्तोलको तीन राउन्ड गोलीसहित पक्राउ परेका थिए । सो घटनाको विरोधमा अखिल क्रान्तिकारीले बिहीबार मुलुकभरका शैक्षिक संस्था बन्द गरेको हो ।