ई–सिग्रेटले लियो युवकको ज्यान

e cigarette.
लाेकपाटी न्यूज

एजेन्सी । अमेरिकाको टेक्ससमा ई–सिग्रेट पिउने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । ई–सिग्रेट पिउने क्रममा अचानक विस्फोट भएपछि अस्पताल पुर्याएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

इ–सिग्रेट विष्फोटको कारण उनको घाँटीमा गहिरो चोट लागेको बताइएको छ । विष्फोटपछि इ–सिग्रेटको तीन टुक्रा ब्राउनको घाँटीमा पाइएको हो । डक्टरले सही ढङ्गले उपचार नगरेको कारण उनको ज्यान गएको उनका परिवारको आरोप छ ।

२५ औं जन्मदिन मनाउन गइरहेका विलियम ब्राउन नाम गरेका व्यक्तिको गत जनवरी २९ मा ज्यान गएको अमेरिकी समाचार संस्था सीएनएनले बताएको छ ।

इ–सिग्रेट तथा भेप पेन ब्याट्रिबाट चल्ने डिभाइस हो । यसले एरोसोलको प्रयोग गरी नियमित सिग्रेटको धुवाँ निकाल्ने गर्छ । एक अध्ययनमा १० मध्ये एकभन्दा बढी वयस्क व्यक्तिले इ–सिग्रेटको प्रयोग गर्ने गरेको पाइएको छ ।

सन् २००९ देखि २०१६ सम्ममा अमेरिकामा १ सय ९५ भन्दा बढी इ–सिग्रेट विष्फोटका घटनाहरु घटिसकेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्