अब चौबिसै घण्टा सार्वजनिक गाडी चल्ने

night bus
लाेकपाटी न्यूज

काठमाण्डाैं, २४ माघ । काठमाण्डौ उपत्यकामा २४ घण्टा सार्वजनिक सवारी सञ्चालन हुने भएको छ । यात्रुको सुविधालाई मध्य नजर गर्दै रातको समयमा पनि गाडी सञ्चालन गर्ने तयारी भएको हो ।

रातको समयमा पनि विशेष कामले गन्तव्यमा पुग्ने यात्रुको सहजतालाई भ्यानमा राखी सवारी छिट्टै सञ्चालनमा ल्याइने तयारी भैरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

उपत्यकामा रातको समयमा सार्वजनिक गाडी सञ्चालनका लागि यातायात व्यवसायी र काठमाण्डौ महानगरपालिकासँग समन्वय हुने विभागले जनाएको छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले व्यवसायीहरुले भनेअनुसार वैज्ञानिक भाडादर कायम गरेर भए पनि रातको समयमा सार्वजनिक गाडी सञ्चालन गर्नुपर्ने बताए । यसका लागि सम्बन्धित निकायसँग छलफल भैरहेको उनको भनाई छ ।

विभागका अनुसार राति १० बजेसम्म सार्वजनिक गाडी सञ्चालनमा ल्याउने भन्ने सहमति व्यवसायीहरुसँग भए पनि सो कार्यन्वयनमा नआएको र नयाँ ढंगले अघि बढ्न लागिएको हो ।

व्यवसायीहरुले फाइदा मात्रै हेर्ने गरेकोले सार्वजनिक यातायात सहज हुन नसकेकोले अब चौबीसै घण्टा नै सञ्चालन गर्ने गरी तयारी सुरु गरिएकोे विभागले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्