नवनियुक्त राजदूतले गरे शपथ ग्रहण

sapath
लाेकपाटी न्यूज

काठमाडौं, २५ माघ । नवनियुक्त तीन राजदूतले शुक्रबार शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

संयुक्त राष्ट्रसंघ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले शपथ ग्रहण गरेका हुन् ।

यस्तै इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले तीनै जनालाई सपथ ग्रहण गराएकी हुन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।