चलचित्र विकास बोर्डकाे अध्यक्षमा भट्टराई !

Keshav Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २६ माघ । निकिता पौडेलले चलचित्र विकास बोर्डबाट राजीनामा दिएसंगै बोर्डको अध्यक्ष पदका लागि धेरै नाम चर्चामा आएको थियो । यसबीचमा बोर्डको रिक्त अध्यक्ष पदमा निर्माता संघका बरिष्ठ उपाध्यक्ष तथा फिल्म निर्माता केशव भट्टराईको नाम सिफारिस भएको छ ।

उनको नाम मन्त्रालयमा सिफारिस गरिएको हो । चलचित्र क्षेत्रका नेता दिनेश डिसी र पूर्वएमालेनिकट जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले भट्टराईलाई अध्यक्ष बनाउन सिफारिस गरेका हुन् । भट्टराई अध्यक्ष बन्ने लगभग पक्का भइसकेको श्रोतले बतायो ।

यसअघि सञ्चारमन्त्री गोकुल बास्कोटा उपस्थित हुने मन्त्रालयको बैठकमा निकिता जानकारी बिना अनुपस्थित भएपछि उनीसँग स्पष्टीकरण माग गर्न निर्देशन दिँदै मन्त्री बास्कोटाले आक्रोशित हुँदै कारवाही गर्ने चेतावनी दिएका थिए ।

यसैगरी निकितालाई राजीनामा दिन लगाउन मन्त्री बाँस्कोटाले निर्देशनसमेत दिएका थिए । कारवाहीमा पर्ने भएपछि व्यक्तिगत कुरा देखाउँदै निकिताले पदबाट राजीनामा दिएकी थिइन् । उनी देउवा सरकारको पालामा अध्यक्ष पदमा नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्