श्रमिकलाई हेला गरेर समृद्धि आउँदैन : मन्त्री अर्याल

Padma Aryal01
लाेकपाटी न्यूज

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारी पूँजी संकलनमा मात्रै नभएर उद्योग व्यवसाय सञ्चालन, उत्पादनमा लाग्नुपर्ने बताएकी छन् । आमा मिलन बहुउद्देश्यिय सहकारी बचत तथा ऋण सहकारी संस्था पोखरा ८ नागढुंगाको आइतबार पोखरामा निर्मिल भवन समुद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

सबैलाई उत्पादनशील बनाउनेगरी अगाडि बढ्न आग्रह गर्दै मन्त्री अर्यालले श्रम र श्रमिकलाई हेला गरेर समृद्धिको सपना पूरा नहुने बताइन् । श्रम गर्ने मान्छेलाई सम्मान गर्ने, प्रोत्साहित गर्नुपर्ने भन्दै भन्दै मन्त्री अर्यालले अब नेपाल सरकार देशभित्रै रोजगारका सम्भावना सिर्जना गर्नेगरी अगाडि बढिरहेको बताइन् । ‘सरकार देशभित्रै रोजगारका सम्भावना सिर्जना गर्नेगरी अगाडि बढिरहेको छ । त्यसका निम्ती यो सहकारीलाई एउटा माध्यम बनाइन्छ,’ मन्त्री अर्यालले भनिन्, ‘अब हाम्रा सहकारी उद्योग, व्यवसाय, पर्यटन, जलस्रोत लगायतका विविध क्षेत्रमा जान्छन् । जहाँ-जहाँ उत्पादन हुन्छन् उत्पादनका क्षेत्र अब सहकारीका क्षेत्र हुन्छन् । र, मात्रै मुलुकमा रोजगार सिर्जना गर्न सकिन्छ ।’

सरकार हिजो बन्द भएको उद्योगहरू खुलाउने अभियानमा रहेको भन्दै मन्त्री अर्यालले बन्द भएको गण्डकी प्रदेशको रबर उद्योग सरकारले निकट भविष्यमै सञ्चालन गर्ने तयारीका लागेको बताइन् । ‘बन्द भएर बसेका सबै उद्योगहरू सरकारले खुलाउने तयारीमा छ । वीरगञ्जको चिनी कारखाना बन्द भएर बसेको छ । मैले उद्योग मन्त्रीलाई त्यो चिनी कारखाना हामीलाई दिनुस्, हामी सहकारीको माध्यमबाट चलाइदिन्छौं भनेका छौ ।’

बेरोजगारी समस्या अन्त्य गर्नका निम्ती प्रधानमन्त्री रोजगार कार्यक्रम सरकारले घोषणा गरेको भन्दै उनले रोजगारी भर्तीअरू सिर्जना गर्दै अब विदेश जाने युवाहरूलाई स्वदेशमै रोक्नेगरी योजनाहरू अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्