चीनपछि भारतसँग ‘व्यापार युद्ध’को तयारीमा अमेरिका

modi trump
लाेकपाटी न्यूज

एजेन्सी । अमेरिकाले भारतसँगको व्यापार घाटा कम गर्न कडा कदम चाल्ने भएकाे छ । अमेरिकाले वैदेशिक व्यापारमा चीनपछि भारतमाथि कडा कदम चाल्ने भएको हो ।

अमेरिका भारतलाई दिँदै आएको शून्य भन्सार सुविधा कटौती गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले
जनाएका छन् । ट्रम्प अमेरिकाको राष्ट्रपति भएयता भारतसँगका व्यापार घाटा कम गर्न कदम चाल्न प्रयास गरिरहेको देखिन्छ । यस्तो कदम चाले भारतको निर्यात व्यापार नराम्रोसँग प्रभावित हुने आशंका गरिएको छ । भारतसँग व्यापारिक सम्बन्धमा रहेको ‘विभेदकारी भन्सार दर’ को कारण यस्भाताे कदम चालिने ट्रम्प प्रशासनको विश्लेषण छ ।

सन् २०१७–१८ मा भारतबाट अमेरिकातर्फ ४७ अर्ब ९० करोड अमेरिकी डलरका निर्यात भएको थियो भने भारतले २६ अर्ब ७० करोड अमेरिकी डलरका आयात गरेको थियो । हालै डेभिटसन मोटरसाइकलमा भारतले लगाइरहेको भन्सार दरबारे ट्रम्पले तीन पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कुरा गरेका छन्। उनले शून्य भन्सारमा सो मोटरसाइकल भारतीय बजारमा प्रवेश पाउनुपर्ने माग गरेका थिए ।

सन् २०१८ मार्चदेखि अमेरिकाले भारतीय सामानमाथि भन्सार दर बढाउँदै लगेको छ । डेरी उत्पादक तथा स्वाथ्य उपकरण तथा सामग्री उत्पादकहरुलाई भारतीय बजार प्रवेशमा अवरोध गरेपछि अमेरिकाले जिएसपीमाथि पुनःविचार गर्न लागेको हो । गत नोभेम्बरमा अमेरिकाले ५० वटा सामग्रीबाट शून्य भन्सार दर हटाइसकेको छ ।

भारतले अमेरिकासँगका व्यापार घाटा कम गर्नका लागि अमेरिकी पट्रोलियम पदार्थ र विमान किन्ने प्रस्ताव गरेको छ । यो विषय सुल्झाउन अमेरिका र भारतबीच केही महिनादेखि पटक पटक वार्ता भएका छन्। ती वार्ताहरु सहमतिमा पुग्न सकेका छैनन्।

अमेरिकाले सन् १९७६ देखि दुई हजार भारतीय उत्पादनलाई जर्नलाइज्ड सिस्टम अफ प्रिफरेन्स ९जिएसपी०को मान्यता दिँदै शून्य भन्सार सुविधा दिँदै आएको थियो । अमेरिकाले विकासोन्मुख देशका आर्थिक विकासका लागि यो सुविधा दिनेगर्छ ।

चीनमा उत्पादित सामग्रीमा भन्सार शुल्क बढाएपछि अमेरिका र चीनबीच व्यापारिक तनाब जारी छ । चीनले अमेरिकी सामग्रीहरुलाई लक्षित गर्दै त्यस्तै कदम चलेको छ । यसलाई ‘अमेरिका र चीन व्यापार युद्ध’को रुपमा व्याख्या गरिँदै आइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्