नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए राजीनामा

Nainshingh Mahar01
लाेकपाटी न्यूज

काठमाडौं, २८ माघ ।  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर राजीनामा दिएका छन् । उनले कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदै सोमबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।

११ औं महाधिवेशनबाट नेविसंघ सभापति भएका महरले आफ्नो कार्यकाल पूरा भई थपिएको पाँच महिने अवधिमा पनि १२ औं महाधिवेशन गर्न नसकेपछि संगठनभित्र र पार्टीमा आलोचना भएको थियो । महरले दुई पटकसम्म नेविसंघको महाधिवेशन कार्यतालिका सार्वजानिक गरे पनि महाधिवेशन गर्न सकेका थिएनन्।

यही कार्यसमितिलाई केही महिना थप गरी १२ औं महाधिवेशन गर्न दिनुपर्ने पक्षमा कृष्ण प्रसाद सिटौला समूह थियाे । दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न वर्तमान कार्यसमितिले नसकेपछि पार्टीका दुई समूह भङ्ग हुने भएका हुन् ।

१२ औं महाधिवेशन र स्ववियु निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै विधानअनुसार नेविसंघको कार्यकाल सकिएको र पार्टीभित्र नेविसंघबारे मतान्तर भएकोले राजीनामा दिएको महरको भनाई छ ।