जेठबाट हामीले विद्युत निर्यात गर्छौं : प्रधानमन्त्री ओली

KP-Oli-1
लाेकपाटी न्यूज

विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन् ।
मंगलबार विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने गरी बिजुली उत्पादन गरिने बताए बताए । प्रधानमन्त्री ओलीले अगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने सम्मेलनमा नेपाल सरकार फरक ढङ्गले प्रस्तुत हुने तथा बिम्स्टेक र सार्कलाई सक्रिय बनाउन नेपाल सरकारले पहल गर्ने जानकारी दिए ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देशको समस्या हेरेर अघि बढ्न र जनतालाई मन नपर्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘आफ्नो सेवा र सुविधाभन्दा पनि जनताको आवश्यकता र चाहनामा केन्द्रित हुन तथा जनतासँग मित्रवत् व्यवहार गर्न म जनप्रतिनिधिलाई आग्रह गर्छु ।’