स्ववियु निर्वाचन : दुई विद्यार्थी संगठनको ध्यानाकर्षण

Student union01
लाेकपाटी न्यूज

काठमाडौं, २८ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति तय गरेको तर निर्वाचनको कार्यतालिका प्रकाशनमा ढिलाई गरेको भन्दै नेकपानिकट विद्यार्थी संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

सोमबार अनेरास्ववियु र अनेरास्ववियू(क्रान्तिकारी)का पदाधिकारीहरुको संयुक्त बैठकले त्रिवि र अन्य अवधि पुगेका विश्वविद्यालयहरुमा अविलम्ब स्ववियू निर्वाचनको कार्यतालिका प्रकाशित गर्न जोडदार माग गरेको हो ।

दुवै विद्यार्थी संगठनले आगामी फागुन २ गते सम्ममा कार्यतालिका प्रकाशित गरी द्रुत गतिमा स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइए विश्वविद्यालय पदाधिकारीहरुको पदमा रहिरहने औचित्य समाप्त हुने भन्दै संघर्षमा उत्रने चेतावनीसमेत दिए ।

विज्ञप्ति हेर्नुहोस् :

Press realese01