भारतसँगको व्यापार घाटा कम गर्ने प्रयास गर्छु : राजदूत आचार्य

Nilambar Aacharya01
लाेकपाटी न्यूज

काठमाडौं, २८ माघ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतसँगको व्यापार घाटा कम गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।

सोमबार आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले सोमबार केन्द्रीय कार्यालय काठमाडौं अनामानगरमा गरेको बधाई, धन्यवाद तथा बिदाई कार्यक्रममा बोल्दै राजदूत आचार्यले उक्त कुरा बताएका हुन् ।

राजदूत आचार्यले आफूलाई बधाई तथा शुभकामना दिने आचार्य बन्धु समाजलाई हार्दिक धन्यवाद दिएका थिए । कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्य, उद्योगपति कृष्ण आचार्य, संसदका पूर्वसचिव मुकुन्द आचार्यले आफ्नो अनुभव सुनाउँदै समाजको अग्रज व्यक्तित्व राजदूत जस्तो गरिमामय पदमा पुगेकोमा गर्व लागेको बताउँदै मुलुकले ‘राइट म्यान इन द राइट प्लेस’ पाएको विचार व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष एवम् पूर्वमहालेखापरिक्षक भानुप्रसाद आचार्यले समाजले पुरानो चिनजान भएका नीलाम्बर आचार्यलाई राजदूतको रुपमा पाएर बधाई गर्न पाउदा गर्वले छाती फुलेको बताएका थिए । आचार्य बन्धु समाजका महासचिव बाबुराम अचार्यले नेपालको विकासका लागि सबैभन्दा महत्वपूर्ण मानिने भारतको राजदूत हुनु जति गर्व छ त्यती चुनौति पनि भएको बताउँदै कूटनीतिक ज्ञान समेत भएका नीलाम्बर आचार्य राजदूत भएपनि नेपाल र भारत दुवै एकअर्काले फाइदा लिन सक्ने विचार व्यक्त गरेका थिए । कार्यक्रममा आचार्य समाजका प्रवुद्ध व्यक्तित्वहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्