रोजगार संयोजकमा २२५० को सर्ट लिस्ट सार्वजनिक, को-को परे (नामसहित)

sram-mantralaya
लाेकपाटी न्यूज

काठमाडौं, २९ माघ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि नियुक्ति प्रक्रिया पूरा गर्न साढे २२ सय जनाको नाम सर्ट लिस्टमा निकालेको छ।

गत माघ ४ देखि १८ सम्म परेको आवेदनको आधारमा सर्ट लिस्ट निकालेको हो। आवेदन आवश्यकताभन्दा तीन गुणा बढी आएको थियो। सर्ट लिस्टमा दुई हजार २६२ जना परेका छन्। उनीहरूलाई सीप परीक्षाको आधारमा नियुक्ति गरिने श्रम मन्त्रालयले जनाएको छ।

सीप परीक्षा फागुन ११ र १२ मा हुने तयारी रहेको छ। प्रदेश १ मा अधिकृतमा ३९० र नायब सुब्बामा २१ जना सर्टलिस्टमा छन् । त्यस्तै, प्रदेश २ मा ४०८ अधिकृतको नाम सर्ट लिस्टमा छ। प्रदेश ३ मा ३३७ अधिकृत र २२ जना सुब्बाको नाम निकालिएको छ।

गण्डकीमा २२२, प्रदेश ५ मा ३२७, कर्णालीमा १८६ र सुदूरपश्चिममा २४६ जना अधिकृतहरुको नाम सर्टलिस्टमा छ। त्यस्तै गण्डकीमा ३३ सुब्बाको नाम सर्ट लिस्टमा छ भने प्रदेश ५ मा सुब्बाको नाम छैन।

कर्णाली र सुदूरपश्चिममा क्रमशः ५२ र १८ जनाको नाम निकालिएको छ। पढ्नुस् रोजगार संयोजकको सर्ट लिस्ट ।