प्रदेश सरकारलाई निकम्मा बनाउने काम भयो : जनार्दन शर्मा

Janardan sharma
लाेकपाटी न्यूज

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारले संविधानको मर्म विपरीत नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन, सुपरिवेक्षण र समन्वय विधेयक ल्याएको आरोप लगाएका छन् ।

मङ्गलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता शर्माले संघले अभिभावकत्व गर्नुको सट्टा प्रदेश र स्थानीय तहलाई मात्रै एउटा कार्यान्वयन ईकाई बनाउने चिन्तक, संघीयता विरोधी रुझान विधेयकमा प्रष्ट देखिएको बताएका हुन् ।

उनले आफू संघीयताका लागि लडेको बताउँदै यस विधेयक संघीयताको विरुद्धमा आएको उल्लेख गरे । उनले यस विधेयकलाई सहजै स्वीकार गर्न सकिने अवस्था नरहेकोसमेत बताए ।

नेता शर्माले विधेयकले प्रदेशको अधिकार संकुचित पारेको बताउँदै प्रदेश सरकारलाई निकम्मा बनाउने काम भएको उल्लेख गरे ।