‘जनयुद्धबाट जनताले के पाए ?’

kamal thapa
लाेकपाटी न्यूज

काठमाडौं, १ फागुन । राष्ट्रय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतका त्रुटि सच्याएर अघि बढ्ने बेला भएको बताएका छन् ।

उनले जनयुद्ध दिवसको सम्झना गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्पmत जनयुद्धबाट जनताले के पाए भन्ने प्रश्न गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘२३ वर्षअघि माओवादीले राज्यविरुद्ध हिंसा–आतंकको जगमा शुरु गरेको सशस्त्र युद्धको क्रममा १७००० मार्ने र मराउने काम भयो, अर्बौको सम्पत्ति नष्ट भए, हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो, राजसंस्था पाखा लगाइयो, संघीयता लादियो । आखिर देश र जनताले के पायो ? अब विगतका त्रुटि सच्याएर अघि बढ्ने बेला भएन र ?’

तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको २३ वर्ष पुगेर २४ वर्ष लागेको अवसरमा नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुले जनयुद्ध दिवस मनाइरहेका छन्।

तत्कालिन नेकपा माओवादीबाट अलग भएका बाबुराम भट्टराई, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलगायतले शुभकामना व्यक्त गरेका छन्।