उद्यमशीलता शिखर सम्मेलनमा राष्ट्रपतिको सम्बोधन

rastrapati
लाेकपाटी न्यूज

काठमाडौं, २ फागुन । काठमाडौंमा आजबाट नेपाल उद्यमशीलता शिखर सम्मेलन शुरु भएको छ । नेपाल उद्योग परिसंघको संयोजनमा आयोजना गरिएको उक्त सम्मेलनमा देशभरका उद्यमीहरु सहभागी भएका छन् ।

कार्यक्रममा बाेल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका अपरिहार्य रहेको बताएकी छन् । नेपाली युवाहरुलाई मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न तथा मुलुकमा बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन उद्यमशीलताको विकास अति महत्वपूर्ण हुने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन् ।

कार्यक्रमको उद्घाटन गर्दै उनले नवीन सोच भएका यूवाहरुमा लगानी र उद्यमशील वातावरण बनाउन सके नेपाली यूवाहरु विश्व बजारमै सक्षम हुने र त्यसले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि बताइन् ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न निजी क्षेत्रका सबै उद्योगीहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्ने क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यूवाहरुलाई उद्यमशीलताप्रति आकर्षित गर्न सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारे ।

सम्मेलनले नेपालमा उद्यम विकास, लगानी र त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाका विषयमा ठोस धारणा तय गर्न सहयोग गर्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्