१८ केजी सुन बरामद

Gold
लाेकपाटी न्यूज

कंचनपुर, २ फागुन । पुनर्वास नगरपालिका–२ दशरथबस्ती बस्ने शंकर बिकको घरबाट लुकाई छिपाई राखेको १८ केजी सुन बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कंचनपुर बाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा शंकरको घरमा तलासी गर्दा घरभित्र खाल्डो खनी लुकाई राखेको अवस्थामा उक्त सुन बरामद गरेको हो ।

फरार शंकरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्