अनेरास्ववियु र अखिल क्रान्तिकारीका नेता कुटिए

aneraswobiyu
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ । अनेरास्ववियु र अखिल क्रान्तिकारीका केन्द्रिय कमिटीका नेता माथि कुटपिट र इट्टा प्रहार भएको छ ।

संगठन बिस्तारको लागी ‘नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट’ गएका अखिल क्रान्तिकारीका केन्द्रिय सचिव डि वि साउँद, अनेरास्ववियू केन्द्रिय कमिटीका सदश्य नारायण घर्ति, केन्द्रिय निवार्चन आयोग सदश्य संजय दुवाडी, सम्पर्क विभाग सचिव सागर भट्ट, काठमाडौं भुगोल जिल्ला कमिटी उपाध्यक्ष राजकुमार ढकाल र अन्य कमिटी निर्माणमा संलग्न नेता तथा कार्यक्रता माथि कुटपिट गरिएको हो ।

कलेजले अनेरास्ववियूमाथि गरेको यस आपराधीक कार्यबाट दुखित र आक्रोसित भएको भन्दै अनेरास्ववियूले प्रेस विज्ञप्ती जारी गरी कलेजले अनेरास्ववियू माथि गरेको यस आपराधीक कार्यबाट दुखित र आक्रोसित भएको बताएको छ ।

‘संगठनमाथि गरिएको हमलामा अनेरास्ववियू टुलुटुलु हेरेर बस्न सक्दैन । यस्तो निन्दनिय कार्यको घोर भत्सना गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ, ‘शिक्षामा व्यवसायीकरण र दलालीकरण गरिरहेकाहरु विद्यार्थी संगठनदेखि डराएर, विद्याथीहरु राजनितीक र बैचारिक रुपमा सुशुचित हुँदा आफ्नो कला कर्तुत बाहिर आउने र व्यवसायमा दख्खल पुग्ने देखेर यस्ता निन्दनिय आपराधीक कार्यमा संलग्नहरुलाई तत्काल कारवाहीका लागि अनेरास्ववियू नेपाल सरकार र प्रहरी समक्ष जोडदार माग गर्दछ । ’

क्याम्पसका कार्यकारी निर्देशक दुर्गा ढकालको नेतृत्वमा ठूलो संख्यामा भाडाका गुण्डा ल्याइ क्याम्पसको प्राङ्गणभित्रै कुटपिट र ईट्टा प्रहार गरेको उनीहरुको आरोप छ ।