अख्तियार आयुक्त पाठकले दिए राजीनामा

Rajnarayan
लाेकपाटी न्यूज

काठमाडौं, ३ फगुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामापत्र बुझाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा महाअभियोग दर्ता गर्ने तयारी भएसँगै पाठकले त्यसअघि नै पदबाट राजीनामा दिएका हुन् ।

उनलाई नेपाल इञ्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएको आरोप लागेको थियो । अख्तियारमै परेको उजुरी मिलाइदिने भन्दै पाठकले फरक-फरक व्यक्तिबाट ७८ लाख रुपैयाँ लिएको खबर सार्वजनिक भएको थियो ।

घुस लिएको आरोपसहितको समाचार सार्वजनिक भएपछि पाठकविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा महाअभियोग लगाउनेबारे छलफल भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष रहेको संवैधानिक परिषदले २०७१ सालको फागुनमा पाठकलाई आयुक्तमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्