‘स्थानीय उत्पादनको प्रयोग गरौं, व्यापार घाटा घटाऔं’

51819997_892766107560264_4983757055299944448_n
लाेकपाटी न्यूज

पश्चिम नवलपरासी, ४ फागुन। प्राथमिक वस्तुहरुहरुको आयत बढिरहेको बेला पश्चिम नवलपरासीमा आयातित वस्तुलाई निरुत्साहित र स्थानीय उत्पादनलाई महत्व दिँदै एक दिने कृषि तथा लघु उद्यम पर्दशनी ब्यापार मेलाको आयोजना गरिएको छ ।

खास गरिकन सुनवल प्रगतिटोलको विकासका निम्ति र स्थानीय कृषको उत्पादन र पहिचान गर्न साथै बजारीकरणका निम्ति टेवा पुर्‍याउने उद्देश्यका साथ मेला आयोजना गरेको आयोजक संस्था सुनवल लघु उद्यम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दान बहादुर श्रेष्ठ बताउँछन् ।

मेलाको संरक्षक रहेका सुनवल नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष विनप्रसाद बुढाथोकीले उद्यमी र कृषक मिलेर अयोजना गरेको मेलामा आफूलाई खुसी लागेको र यो वडा नम्वर १ मा लागे तापनि सवै वडाका वडाबासीहरु आई ताजा सागसब्जी, आलु, फलफूल प्रयोग गर्न आग्रह गरेका छन् ।

कृषि तथा लघु उद्यम मेलामा स्थानीय स्तरमा उत्पादित साग, च्याउ, आलु, लगायत बिउबिजन,  उन्नत जातका खसीबोका र लघु उद्यम सम्वन्धि उत्पादित वस्तुहरुको स्टल राखिएको मेला राम्रो लागेको र यसले निरन्तरता पाउनुपर्ने स्थानीयबासी बताउँछन् ।

आयातित प्राथमिक वस्तुहरुलाई निरुत्साहित गर्नु र स्थानीय वस्तुहरुको प्रयोग, प्रचार प्रसार साथै पर्वद्धन गर्न स्थानीय स्तरका ग्रामीण कृषक र उद्यमीहरुको प्रयासमा सम्वन्धित निकायको पनि ध्यान जानु आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्