जनसेवा माध्यमिक विद्यालयको ४०औँ वार्षिकोत्सव सम्पन्न

011
लाेकपाटी न्यूज

नवलपरासीको सुनवल–६ विशासयस्थित रहेको जनसेवा माध्यमिक विद्यालयले ४० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।

शनिबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, छात्रबृत्ति वितरण तथा शुभकामनासहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम तिमिल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा सुनवल नगरपालिकका मेयर भीमबहादुर थापाले सुनवलका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा नगरपालिकाले पहल गरिरहेको बताएका छन् ।

उनले अब सबै विद्यालयका शिक्षकहरुलाई अनिवार्य रुपमा कम्युटरमा दक्ष बनाउन कम्युटर सिकाउने गरी नीति बनाएको जानकारी दिँदै निजी विद्यालय सरह प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयले गुणस्तरमा ध्यान दिनुको विकल्प नभएको बताएका छन् ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक रमेश पौडेलले विद्यालयमा हाल एक हजार विद्यार्थी रहेको तथा कक्षा १२ सम्म कक्षा सञ्चालन भईरहेको जानकारी दिए । उनले कक्षा ९ देखि सिभिल ईन्जिनियरीङ विषयको समेत अध्यापन गर्नुका साथै अङग्रेजी माध्यमको पनि कक्षा सञ्चालन गरिरहेको विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट नतिजा दिदैँ आएको बताए ।

सो अवसरमा उपमेयर दधिराम अर्याल, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने, सुनवल नगर शिक्षा शाखा प्रमूख हेमराज अर्याल, समाजसेवी थानप्रसाद गैरे, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष यामबहादुर शाही, सदस्य जीवन पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्