स्ववियू निर्वाचन राेके आन्दाेलन गर्छौं : संयुक्त अखिल

अखिल क्रान्तिकारी
लाेकपाटी न्यूज

काठमाडौं, ५ फागुन । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले फागुन ५ गते अर्थात सोमबार त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय घेराउ गरी प्रदशर्न गर्ने भएका छन् ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले आफैले तोकेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मिति नजिक आइसक्दा पनि अहिलेसम्म निर्वाचनको कार्यतालिका सार्वजनिक नगरिएको घटनाको विरोघ गर्ने बताएका हुन् ।

स्ववियु निर्वाचनको कार्यतालिका आविलम्ब सार्वजनिक गर्न यस अघि नै अल्टिमेट दिएको भए पनि हालसम्म कार्यतालिका सार्वजनिक नभएकोमा आक्रो व्यक्त गरेका छन् ।

यस्तै उनीहरुले फागुन ७ गते मंगलबार देशभरका स्ववीयु निर्वाचन हुने क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ गरी प्रदर्शन प्रदर्शन गर्ने चेतावानी दिएका छन् ।

विगतमा अत्यन्तै प्रतिकुल अवस्थामा पनि स्ववीयु निर्वाचन नरोकिएको बताउँदै उनीहरुले स्ववीयु निर्वाचन गर्ने सहज वातावरण हुदा हुँदै पनि अहिले सम्म कार्यतालिका प्रकाशित नगर्नुले राजनितिक भागबण्डामा आएको त्रिविको नेतृत्व नै कुनै अमुक दल वा अमुक संगठनको दबाबमा परेर चुनाव नगराउन उद्धत त छैन भन्ने गम्भिर प्रश्न गरेका छन् ।

उनीहरुले विद्यार्थीको बलिदानीपुर्ण संघर्षबाट प्राप्त स्ववीयु निर्वाचनको नयाँ मितिसहितको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न यस्तो चाल्ने बताए ।