बालश्रमिक राखे सरकारी सेवा सुविधा नपाइने

child01
लाेकपाटी न्यूज

डोटी, ६ फागुन । दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक राख्ने जो कसैले पनि सरकारी सेवा सुविधा नपाउने बताएको छ ।

नगरपालिकाका प्रमूख मञ्जु मलासीले नगरक्षेत्रमा बसोबास गर्ने जो कसैले कुनै पनि बहानामा बालश्रमिक राखेमा नगरपालिकाबाट प्रदान गरिने सरकारी सेवा सुविधा नदिने बताएका हुन् ।

बालश्रम निषेध गराउन नगरपालिकाको सामाजिक विकास समितिले आयोजना गरेको सरोकारवालासँगको अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा नगरप्रमूख मलासीले नगरपालिकामा बालश्रमिक राख्ने कुरा ‘फेसन’को रुपमा अगाडि बढिरहेको भन्दै नगरपालिकालाई बालश्रमिक मुक्तनगर बनाउने अभियानमा आफूहरु लागि परेको बताएका हुन् ।

उनले भने, ‘हामी एक वर्षदेखि बालश्रम अन्त्य गर्ने प्रयासमा छौँ, कसैले कुनै पनि बहानामा बालश्रम राखेको पाइए तिनलाई सरकारी सेवा सुविधाबाट बञ्चित गराउनेछौँ ।’ उनले कोही कसैले कसैको बच्चालाई पढाइदिने वा पालिदिने भन्दै घरमा राखी श्रममा लगाएको देखिए त्यस्ता व्यक्तिको घर परिवारको सूची तयार पारी कालो सूचीमा नाम राख्ने नीतिसमेत नगरपालिकाले बनाइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्