‘पशुपतिकाे गीत अर्ग्यानिक जनबोली हो’ : मनोज गजुरेल

0111
लाेकपाटी न्यूज

काठमाडौं, ७ फागुन । गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत यति बेला निकै भाइरल बनेको छ । केही दिनअघि उनकै युट्युब च्यानलमा अपलोड भएको सो गीत २४ घण्टा नबित्दै हटाइए पनि झन भाइरल बनेको छ ।

सत्तापक्षको आक्रोशपछि हटाइएको भनिएको यस गीतलाई लिएर अहिले सामाजिक संजालमा गायक शर्माको पक्षमा विभिन्न स्टाटस आइरहेका छन्। उनको पक्षमा उभिएर सामाजिक संजालमा आक्रोश समेत पोखिएको छ ।

साहित्यकार, निर्माता एंव कलाकारहरुले समेत शर्माको पक्षमा स्टाटस लेखेका छन्। यसैबीच चर्चित हास्य कलाकार मनोज गजुरेलले शर्माको उक्त गीतको विषयलाई लिएर आफ्नो फेसबुकमा स्टाटसमार्फत शर्माको गीतलाई अग्र्यानिक जनबोली भनेका छन् ।

उनले स्टाटसमा लेखेका छन्– श्री पशुपतीनाथको ‘लुट् कान्छा’ले केही कार्यकर्ताको कल्याण नगरेपनी धेरै जनताको असन्तुष्टिलाई अग्र्यानिक शब्दमा सम्बोधन गरेको छ । यसलाई युट्युबबाट हटाउनु हुन्नथ्यो। ठिक र बेठिक नेपाली जनताले छुट्याई हाल्दथे । कलाकार चुनावमा प्रयोग गर्ने पार्टी बिशेषका एटिएम मात्र हैनन्, जनबोलीलाई नेतासम्म पुर्याउने सन्देशबाहक पनि हुन् ।

गायक शर्माको गीतको विषयमा सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि चर्चा भयो । बैठकका क्रममा प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले शर्मालाई जनगायकको संज्ञा दिदैं आफ्नो तलबबाट २५ हजार रुपैयाँ समेत दिने घोषणा गरेका थिए ।

यस्तै साहितयकार खगेन्द्र संग्रौला लेख्छन्– कलाकारले राष्ट्रपतिको विलासी हेलिकप्टरलाई पुण्यकर्म, शासकको दुष्प्रत्तिलाई पवित्र पराक्रम र कार्यकर्ताको अन्धभक्तिलाई सलाम भन्नुपर्ने हो ? दुर्बल मानसिकता भएका पशुपति शर्मालाई अत्याएर घुँडा टेकाउन सकिएला, प्रतिपक्षीय चेतनालाई दबाउन सकिन्न मान्यवर । यो ज्ञानेन्द्रको फौजीतन्त्र हो र ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्