२२ अङ्कले बढ्यो शेयर बजार

Increase share market
लाेकपाटी न्यूज

काठमाडौं, ७ फागुन । लगातार ओरालो लागेको शेयर बजारमा मंगलबार भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ । स्टककाअनुसार रु २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा कूल १६७ कम्पनीका ७ लाख १४ हजार ८७६ कित्ता शेयर खरिद बिक्री भए । सबै उप–समूहको शेयर कारोबार वृद्धि हुँदा बजारमा सकारात्मक परिवर्तन देखिएको हो । बैंकिङ १४.६९, होटल २३.०५, विकास बैंक २१.१६, जलविद्युत २७.०५, वित्त स्थिर रहेको छ । निर्जीवन बीमा १५३.९३, उत्पादन ६.१३, अन्य १५.५४, लघुवित्त ४१.२८ र जीवन बीमा २५१.७३ बिन्दुले बढेको छ ।

बढेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज नौ प्रतिशतले कमाएका छन् । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज सात प्रतिशत बढीले कमाएका छन् ।

यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले १० प्रतिशतले गुमाउँदा खानीखोला हाइड्रोपावर ३.७५ र आँखु खोला जलविद्युत कम्पनीका शेयरधनीले २.४६ प्रतिशतले गुमाएका छन् ।

कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको रु एक करोड २७ लाख ९३ हजार, नागरिक लगानी कोष रु ९७ लाख १९ हजार ६९० र नेपाल बैंक लिमिटेडको रु ८९ लाख ९२ हजार ४९५ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्