‘नयाँ योजनाले मात्र समृद्धिको ढोका खुल्छ’ : डा. बाबुराम भट्टराई

Dr- Baburam Bhattarai
लाेकपाटी न्यूज

रुकुम (पूर्व), ७ फागुन । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ योजनाले मात्र समृद्धिको ढोका खुल्ने बताएका छन् ।
नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत मंगलबार रुकुमकोट पुगेका उनले स्रोत र साधनले भरिपूर्ण मुलुकमा नयाँ सोच र योजनाका साथमा अगाडि बढे समृद्धि धेरै टाढा नरहेको बताएका छन् ।

पुष्पलाल राजमार्ग सबैभन्दा बढी विकसित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले उक्त राजमार्गले समृद्धिको ढोका खोलिसकेको बताए । ‘विकास निर्माण राजनितिसँग जोडिएको हुन्छ’, उनले भने, ‘भ्रष्टाचार र अनियमितता भयो भने विकास हुनै सक्दैन ।’

भ्रष्टाचार मौलाउँदै गइरहेको बेलामा भ्रष्टाचार निर्मुल पार्नतिर सरकारले कुनै चासो नदेखाएको उनको आरोप छ ।