केरा उत्पादक संघको दोस्रो साधारणसभा सम्पन्न

sadharansabha
लाेकपाटी न्यूज

पश्चिम नवलपरासी, ८ फागुन । केरा उत्पादक संघको दोश्रो साधारणसभा सम्पन्न भएको छ । पश्चिम नवलपरासीमा भएकाे साधारणसभामा शुभकामना मन्तव्य राख्दै सांसद हरिजनले कृषकका समस्या समाधान गर्न सरकार अग्रसर रहेको बताए ।

सरकारका काम कारवाही तत्काल परिणाममुखी नभए नागरिकल यसको विरोधमा आवाज उठाउने उनको भनाइ छ ।

उनले नवलपरासी जिल्ला केरा खेतीका लागि समेत साम्रो सम्भावना बोकेको क्षेत्र भएकोले केरा सुपरजोन कार्यक्रम लागु गर्न सके किसानलाई आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गरे । केराका उत्पादनलाई विधिकरण गर्नका लागि उद्योग स्थापना गर्न जरुरी रहेको उनमने भनाइ छ ।

उनले किसानका लागि आवश्यक बजेट विनियोजन गर्न आफुले पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
प्रदेश नम्बर ५ का कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले प्रदेश सरकारले कृषि क्षेत्रमा कुल बजेटको ११ प्रतिशत रकम विनियोजन गरेको बताए ।

केरा किसानको समस्यालाई मध्यनजर गर्दै सुस्ता गाउपालिकामा केराको छुट्टै चेम्वर रहने गरी कोल्ड स्टोरको निर्माण गर्ने उनले बताएका छन् ।

यस्तै कार्यक्रमा नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै १ हजार २ सय ७४ विगाहा क्षेत्रफलमा किसानहरुले केराखेती गरिरहेको जानकारी दिए ।

उखु खेतीबाट समस्या भोग्दै आएका किसानहरुका लागि केरा खेती उत्तम विकल्प रहेको उनको भनाइ छ । सुस्ता र प्रतापपुर गाउँपालिकामा सबैभन्दा बढि केरा खेती गर्ने गरेको पाइन्छ ।

कार्यक्रममा कोषाध्यक्ष हरि गोविन्द कोईरीले संस्थाको आय ब्यायसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा उत्कृष्ट केरा किसान, केरा व्यवसायीसँगै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

उक्त साधारणसभामा सुस्ता गाउपालिका प्रमुख रामप्रसाद पाण्डे , प्रतापपुर गाउपालिका प्रमुख राजकुमार शर्मा लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम राष्ट्रिय सभाका सदस्य रामलखन हरिजनको प्रमुख आतिथ्यता र नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्