धुर्मुस सुन्तली फाउण्डेशनले माग्यो ठूलो संख्यामा कर्मचारी

d s
लाेकपाटी न्यूज

काठमाडौं, ८ फागुन । सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’द्वारा स्थापित धुर्मुस सुन्तली फाउण्डेशनले आफ्नो फाउण्डेशनको लागि ठूलो मात्रामा कर्मचारीको माग गरेको छ । वि.सं. २०७२ सालको भूकम्पपछि सामाजिक कार्य गर्ने उद्देश्यका साथ यो फाउण्डेशनको स्थापना भएको थियो ।

स्थापना लगत्तै यो फाउण्डेशनले बिभिन्न ठाउँबाट सहयोग जुटायर भूकम्पले क्षति पुर्याएका धेरै ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेको छ । यसको साथै विभिन्न प्राकृतिक प्रकोपबाट क्षति पुगेका ठाउँका मानिसहरुलाई सहयोग समेत गरेको छ ।

सामाजिक कार्य गर्ने शिलशिलामा यो फाउण्डेशनले अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणमा लागि परिरहेको छ । यो रंगशाला निर्माण गर्नका लागि धुर्मुस–सुन्तलीलाई देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ । उक्त रंगशाला निर्माणका लागि फाउण्डेशनले विभिन्न पदका लागि ठूलो मात्रामा कर्मचारीको माग गरेको छ ।

उक्त कामको लागि https://merojob.com/employer/dhurmus-suntali-foundation/ मा गएर निवेदन दर्ता गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्