राज्यमन्त्री चौधरीद्वारा स्याउ नर्सरीको अवलोकन

52387519_653074508484927_3533786107739111424_n
लाेकपाटी न्यूज

भेनोरा, ९ फागुन । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरीले भेनोरास्थित फुजी स्याउ नर्सरीको अवलोकन गरेकी छन् । योजना प्रमूख डा. योगेन्द्र कुमार कार्की सहीतको टोलीले उनको टोलीले ईटालीको भेनोरामामा रहेको निजि क्षेत्र तथा सामूहिक सहकारीद्वारा संचालित स्याउ नर्सरीको अवलोकन गरेका हुन् ।

उक्त अवसरमा मन्त्री चौधरीले नर्सरीका संचालकसँग बिरुवा उत्पादन विधि, बिरुवा निर्यात तथा लागत मूल्यबारे जिज्ञासा राखेकी थिइन् । करीब ५०० हेक्टरमा रहेको स्याउ नर्सरीमा बर्षेनी ६० लाख बिरुवा उत्पादन गरी भारत, चीन, कोरिया लगायतका देशमा बिरुवा बिक्री वितरण गर्दै आएको संचालकले जानकारी गराएका थिए ।

बिरुवा उत्पानको लागि युरोप भरीका सबै देशमा एकरुपता कायम गर्ने कानुन रहेको, युरोप भरी एउटै मापदण्ड रहेको र सरकारले बेला बेलामा निरीक्षण गर्ने गरेको समेत उनले जानकारी दिएका थिए ।

नेपालमा अहिले बर्षेनी १४ अर्बको स्याउ आयात भइरहेको सन्दर्भमा नेपालको जुम्ला, हुम्ला, मुगु, कालीकोट, डोल्पा, मनाङ्ग, मुस्ताङ, सोलुखुम्बु, ताप्लेजुङ जस्तो जिल्लामा फुजी, गाला, गोल्डेन डेलीसियस, जोनार्थन, रिच एन्ड रेड जस्ता प्रजातिका स्याउ खेती गर्ने सम्भावना रहेको राज्य मन्त्री चौधरीले बताइन् ।

युरोपीयन फुजी स्याउ खेती गर्दा बिरुवा लगाएको २ बर्षमा नै दाना दिने भएकोले ४ बर्षभित्र स्याउमा आत्मनिर्भर भई निर्यात गर्न सकिने मन्त्री चौधरीले बताइन् ।

मन्त्रालयमा १० लाख फुजी स्याउको बिरुवा किसान द्वारा माग भइरहेको योजना प्रमूख योगेन्द्र कुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्