निखिलेश्वर मन्दिरमा तीज कार्यक्रम

  • 34
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २७ भदौ । कोटेश्वरको दीपनगरमा रहेको निखिलेश्वर मन्दिरमा बिहीबार तीज कार्यक्रम सम्पन्न भएको छ ।

मन्दिरमा हरितालिका तीजको अवसरमा सयौं महिलाहरु भेला भएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, गीत एवं नृत्य प्रस्तुत गरिएको थियो ।

मन्दिरमा ब्रतालु महिलाहरुले शिवको पूजा आरधना गरेका थिए । कार्यक्रमको संयोजन निखिलेश्वर मन्दिर व्यवस्थापन समितिले गरेको थियो ।

कार्यक्रमका अवसरमा श्रद्धालु भक्तजनहरुले हरेक सोमबार हुने आरति पूजाका लागि चन्दा सहयोग गरेका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हंशराज वाग्ले, उपाध्यक्ष नानीकाजी केसी, सचिव दीलिप अधिकारी लगायतले तीजको शुभकामना व्यक्त गरेका थिए ।