गिरान्चौर वस्तीमा आधुनिक प्रविधियुक्त फिल्टर वितरण

लाेकपाटी न्यूज

गणेशस्थान विपद् जोखिम व्यवस्थापन समितिको आयोजना तथा युएनडिपीको सहयोगमा मेलम्ची नगरपालिका–१२ गिरान्चौरका ६५ घरको एकीकृत बस्तीमा आधुनिक प्रविधिबाट निर्माण गरिएको फिल्टर वितरण गरिएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले अब सबैले आर्थिकस्तर सुधारेर अगाडि बढ्दै जानुपर्ने बताउँदै विकासनिर्माणका काममा जनस्तरबाट सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए ।