महिला संगठनको ज्ञापनपत्र : ‘गृहमन्त्रीज्यू, ज्यादतिले सीमा नाघ्यो’

41952253_1151711118327727_8201014690483011584_n
  • 122
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २ असोज । अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई यथाशिघ्र पक्रन गृहमन्त्रीसँग माग गरेको छ ।

पूर्व नेकपा (एमाले) को महिला संगठन अनेमसंघ र पूर्वमाओवादीको महिला संगठन अनेमसंघ (क्रान्तिकारी) ले मंगलबार गृहमन्त्रीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै यथाशिघ्र हत्यारालाई गिरफ्तार गरी कार्वाही गर्न माग गरिएको हो ।

ज्ञापनपत्रमा देशैभरि महिलामाथि हत्या, बलात्कार र हिंसाका घटना बढिरहेको भन्दै समयमै नियन्त्रण नगरे स्थिति बिकराल हुने बताइएको छ । ज्ञापनपत्रमा संघकी गोमा ढकाल र क्रान्तिकारीकी अमृता थापा मगरले हस्ताक्षर गरेका छन् ।

महिला संगठनले पछिल्लो समय देशव्यापी घटेका घटनाहरुले आफूहरुलाई चिन्तित नभएको र सरकारको पहलकदमी चित्तबुझ्दो नभएको गुनासो गरेका छन् । ज्ञापनपत्रमा दुईतिहाई बहुमतको वामपन्थी सरकार हुँदा महिलाहरुको सम्मान हुनुपर्नेमा ज्यादतिले सीमा नाघेकोमा चिन्ता व्यक्त गरिएको छ ।