एलिजालाई धमलाको यस्तो साथ

https://lokpati.com/wp-content/uploads/2018/09/Rishi-Dhamala.png
लाेकपाटी न्यूज

चलचित्र अनुराग म्युजिकल लभस्टोरी चलचित्र हो । प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्दशकीय चलचित्र हो । चलचित्र संचारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतम अनि समुन्द्र पण्डितले पनि डेब्यू गरेका छन् ।
चलचित्र, संचाकर्मी धमला आफैले निर्माण गरेका हुन् । पत्नीका लागि उनले अनुराग निर्माण गरे । चलचित्रका लागि हिरोदेखि निर्देशक छनौट गरिदिए । आफ्नै पत्नी एलिजालाई आफ्नै चलचित्रबाट डेब्यू गराउन चाहे ।

एलिजाको चलचित्रप्रतिको लगाव कै कारण उनी चलचित्र क्षेत्रमा आएका हुन् । हुन त चलचित्र क्षेत्रका धेरै कलाकारको अन्तर्वाता लिएका छन् । तर, पत्नीलाई हरोइन बनाउन हेतुले उनी निर्माता बनेका छन् । उनले भने, “चलचित्र क्षेत्रमा म आउने सम्भावना कम थियो । एलिजासँग बिहे नगरेको भए म चलचित्र क्षेत्रमा निर्माताको रुपमा आउँथे ।”

एलिजालाई अन्य चलचित्रको अफर पनि आएको थियो । तर, दुई सन्तानकी आमा उनले त्यतिखेर चलचित्र नकारेकी थिइन् । पछि पति धमलासँग चलचित्र बनाउने सल्लाह गरिन् । निर्माता बनेका ऋषिले अहिलेसम्म चलचित्रका लागि २ करोड नजिकको बजेट खर्च भइसकेको बताए । चलचित्र आगामी असोज १२ देखि प्रदर्शनमा आउँदैछ ।