कसले गर्‍यो नेकपाका नेता अन्सारीकाे हत्या ?

https://lokpati.com/wp-content/uploads/2018/09/Khursid-Ansari.jpg
लाेकपाटी न्यूज

सुनसरी ४ असोज । हरिनगर गाउँपालिकाको भुटाहा बजारमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थानीय नेताको गोली हानी हत्या भएको छ ।

बिहिबार दिउँसो पौने एघार बजे मोटरसाईकलमा आएका दुई जना हतियारधारी समूहले रामनगर भुटाहा बजारमा मौलाना खुर्सिद अन्सारीको गोली हानी हत्या गरेका हुन् । अन्सारी नेशनल वोर्डिङ् स्कुलका सञ्चालक पनि हुन्  ।

त्यस्तै गोली लागि २ जना प्रहरी पनि गम्भीर घाइते भएका छन् ।

गोली हानी मोटरसाईकलमा भारतीय सीमा तर्फ भाग्दै गरेका दुबै जना सुटरहरुलाई घुस्कीमा रहेको प्रहरी चौकीका प्रहरीहरुले छेकेर पक्रन खोज्दा प्रहरीलाई समेत गोली हानी उनीहरु भाग्न सफल भएका थिए ।

सीमा क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको बताइएको छ ।