२० वर्षे पुराना गाडी चलाउन यातायात व्यवस्था विभागको प्रस्ताव

https://lokpati.com/wp-content/uploads/2018/09/Kathmandu-old-Vehicle-on-the-road.jpg
लाेकपाटी न्यूज

देशभरमा सबैभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन् । उपत्यकाका तीन जिल्ला मध्ये ललितपुरमा बढी पुराना गाडी गुड्छन् ।
विशेष गरेर शैक्षिक संस्था, सरकारी कार्यालय र अस्पतालका बस पुराना छन् ।

थोत्रा गाडीबाट निस्कने कार्ब मोनोअक्साईडको मात्रा बढी भएर वातावरण प्रदुषण भई बिरामीको संख्यामा बृद्धि भएको वातावरणविद् तथा चिकित्सकको प्रतिवेदन छ ।

पार्टपुर्जा कमजोर र यात्रुको चाप हुँदा बढी दुर्घटना र अपाग, अशक्त र महिला सिटको दुरुपयोग भएको सरकारी तथ्यांक छ ।
४ बर्षअघि सरकारले मुलुकबाट २० बर्षे पुरना गाडी हटाउने निर्णय गर्यो । यातायात व्यवस्था विभागले २०७३ चैतदेखि उपत्यकामा २० वर्ष पुराना गाडी चल्नमा रोक पनि लगायो ।

यसले लगनखेल चापागाउँ र चापाखेल रुटमा चल्ने २० देखि ५१ बर्षसम्म्का पुराना बस विस्थापित पनि भए । तर, अहिले विभागले व्यावसायीको दबाबमा २०७१ बर्षभित्र २० बर्ष पुराना गाडी हटाउने निर्णयलाई कार्यन्वयनको सट्टा उल्टो ५ बर्ष म्याद थप गर्न मन्त्रालयमा प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्