चार घन्टाभित्र प्रश्नपत्र रुजु गर्न शिक्षा मन्त्रालयकाे निर्देशन

education
  • 1
    Share
लाेकपाटी न्यूज

काठमाडौं, १५ चैत । शुक्रबार शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ । लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिन थालेपछि मन्त्रालयले सो निर्देशन दिएको हो ।

प्रदेश २ मा मंगलबार परीक्षाअगावै बिहीबार नै प्रश्नपत्र बाहिरियो । प्रश्नपत्र बाहिरिएसँगै सामाजिक विषयको आजका लागि तय एसईई परीक्षा स्थगित गरियो । यसअघि विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । यसरी लगातार परिक्षाको प्रश्नपत्र बाहिरिएपछि आक्रोशित विद्यार्थीहरु आन्दोलनमा उत्रीए ।

बिहिबार विज्ञान विषयको र शुक्रबार हुने सामाजिक शिक्षा विषयको परिक्षाको प्रश्नपत्र पनि बाहिरिएको भन्दै परिक्षा नियन्त्रण कार्यालयले परिक्षा रद्द भएको घोषणा गरेपछि आक्रोशित विद्यार्थीहरुले प्रदेश नम्बर २ भर प्रदर्शन गरेका हुन् ।

बिहानै परीक्षा दिनका लागि परिक्षाकेन्द्रमा पुगेका विद्यार्थीहरु परिक्षा नै रद्द भएको खबर पाएपछि आक्रोशित हुदै वीरगन्जको घण्टाघरमा भेला भई टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले घण्टाघरमा रहेको ट्राफिक आईल्याण्ड, डिभाईडर लगायतका होर्डिङ वोर्डहरु समेत तोडफोड गरे । वीरगन्जको विभिन्न चोकमा टायर बालेर प्रदर्शन समेत गरेका छन् ।