फिफाको १६० औं बरियतामा नेपाल

https://lokpati.com/wp-content/uploads/2018/09/Nepali-Football-Team.jpg
लाेकपाटी न्यूज

काठमाडौं, ४ असोज । फिफा बरियतामा नेपाल एक स्थान सुधार गर्दै १६० औं स्थानमा उक्लिएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपालले एक स्थान माथि उक्लिँदै १६० औं स्थानमा पुगेको हो । यसअघिको महिना नेपाल १६१ औं स्थानमा थियो । विश्व बरियताको शीर्षस्थानमा बेल्जियम र फ्रान्स संयुक्त रुपमा रहेका छन् । बेल्जियमले १ स्थान सुधार गर्दै शीर्षस्थान कायम गर्न सकेको हो । विश्व विजेता फ्रान्स भने यथावत रहेको हो ।

फिफा बरियताको तेस्रो स्थानमा ब्राजिल रहेको छ । त्यस्तै चौंथ स्थानमा विश्वकपको उपविजेता क्रोएसिया छ । पाँचौ स्थानमा उरुग्वे, छैटौंमा इङ्ग्ल्याण्ड, सातौंमा पोर्चुगल, आठौंमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र १० औं स्थानमा डेनमार्क छ ।

दक्षिण एसियाली राष्ट्रमा भारत भने १ स्थान तल झर्दै ९७ औं स्थानमा पुगेको छ भने माल्दिभ्स पनि १ स्थान तल झर्दै १५१ औं स्थानमा पुगेको छ । यता भुटान ५ स्थान तल झर्दै १८८ औं स्थानमा पुग्दा बङ्गलादेश भने १ स्थानमाथि चढ्दै १९३ औं स्थानमा उक्लिएको छ । श्रीलङ्का एक स्थान र पाकिस्तान २ स्थानमाथि उक्लिँदै समान १९९ औं बरियतामा छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्