ठूलो परिमाणमा भारतिय रुपैयाँ सहित एक युवक पक्राउ

लाेकपाटी न्यूज

कैलाली, ७ असोज । कैलालीमा ठूलो परिमाणमा भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । भजनी नगरपालिका ३ कुशुमघाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँ (९१ करोड १४ लाख ८६ हजार ८ सय ८० नेपाली रुपैयाँ) सहित लम्कीचुहा नगरपालिका १ का ३१ वर्षका कृष्ण जोशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिबहादुर वलीले जानकारी दिए । उनले मोटरसाइकलमा लैंजाँदै गरेको अवस्थामा एक सय, पाँच सय र दुई हजार दरका उक्त नोटहरु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

उक्त रकम भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा बरामद गरिएको प्रहरीले जनाएको छ । आलुको बोराभित्र लुकाएर ल्याउदै गर्दा उक्त रकम शसस्त्र प्रहरीको टोलीले बरामद गरेको हो । प्रहरीले उनको साथबाट से ४ प ६७६० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।