यस्तो छ मानिस कालो र गोरो हुनुको रहस्य

https://lokpati.com/wp-content/uploads/2018/09/Black-girl-White-girl.png
लाेकपाटी न्यूज

कालो गोरा मानवीय रङ यसो हुनुको पहिलो र प्रमुख कारण त वंशाणुगत गुण नै हो । मतलब पहिलो कारण हाम्रो आमाबुवासँग मिल्दो छालाको रङ हुने । र दोस्रोकारण हुन्छ हाम्रो शरीरमा पाइने मेलेनिन पदार्थको प्रभाव ।

मेलेनिन त्यस्तो तत्व हो जसले हाम्रा छालाको रङ निर्धारण गर्न महत्वपूर्ण भूमिका रहन्छ । मेलेनिन यो कुरामा निर्भर रहन्छ कि हामी कति समय सूर्यको किरण ९प्रकाश० मा बस्छौं । अथवा जहाँ हामी बस्छौ त्यहाँ सूर्यको प्रकाश युभी रेज को मात्रा कति छ । त्यसले पनि छालाको रङ कस्तो हुने भन्ने निर्धारण गर्दछ ।

सूर्यको युभी किरणले हाम्रो तव्चालाई ठूलो हानी गर्दछ । तर मेलेनिनले यसबाट हुने हानिलाई रोक्न मद्दत गर्दछ । यसले हाम्रो तव्चामा हुने डिएनएलाई युभी किरणबाट हुने नोक्सानबाट बचाउछ । तव्चाको डिएनएको हुने हानिले हाम्रो तव्चामा क्यान्सर हुने खतरा पनि त्यत्तिकै हुन्छ ।

तव्चामा मेलेनिनको कम वा बढी मात्राले मानिसहरुको छालाको रङमा दुई प्रकारको हुने प्रमुख कारण हो । भू–मध्ये रेखा मा या आस–पासमा बसने मानिसहरुमा युभी किरणको असर बढी हुन्छ । यसले मेलेनिनका खपत बढी हुन्छ । जसका कारणले छालाको रङ कालो वा गाढा कालो हुनछ । त्यस्तै आर्कटिक महादीपमा बस्ने मानिसहरुमा युभी किरण कम पर्छ र उनीहरुको छालाको रङ हल्का खैरो या गोरो हुने गर्दछ ।

मेलेनिनका ३ प्रकारका हुन्छन् :

१. ऐयुमेलेनिन,

२. फेमोलेनीन

३. न्यूरोमेलानिन।

मेलेनिनका काम

१.हाम्रो आँखाको रङ खैरो, हिरियो, सेता निलो आदी मेलेनिनमा निर्भर रहन्छ ।

२. हाम्रो कपालको रङ पनि मेलेनिनमा निर्भर हुन्छ ।