नेपाली सेनाले किन्ने भयो ठूलो परिमाणमा हतियार सामाग्री

https://lokpati.com/wp-content/uploads/2018/09/Nepal-Army.jpg
लाेकपाटी न्यूज

नेपाली सेनाले इन्सास र एसएलआर हतियार विस्थापन गरेर मातहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ ।
करिब १५ वर्षपछि एकै पटक एम–१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाममा घातक सैन्य सामग्री किन्न लागेको हो । एउटा एम–१६ राइफलको मूल्य एक हजार ५०० देखि तीन हजार अमेरिकी डलरसम्म पर्ने छ ।

करिब ९७ हजार फौज तैनाथ रहेकोमा आगामी चार वर्षभित्र इन्सास र एसएलआर राइफल विस्थापित गर्नेगरी नयाँ हतियार किन्न प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ ।
यी हतियार ‘जी–टु–जी’ प्रक्रियाअन्तर्गत अमेरिकाबाट सीधै हवाइमार्गबाट ल्याइने छ ।