ज्यानमार्ने उधोग सहित नूरप्रसादमाथि चार मुद्धा

https://lokpati.com/wp-content/uploads/2018/09/Nur-prasad-Adhikari.jpg
लाेकपाटी न्यूज

आइतवार पाटन उच्च अदालतको इजलासमा वितण्डा मच्चाएपछि गोरखाको फुजेलका नूरप्रसाद अधिकारीलाई ज्यान मार्ने उधोग, सरकारी सम्पति हिनामिना, आपराधिक उपद्रव र अदालतको अवहेलनासहितको चारवटा मुद्दा चलाइने भएको छ ।

महानगरीय प्रहरी परिसर जावलाखेलका, प्रहरी नायव उपरीक्षक, नरेन्द्र चन्दका अनुसार नूरप्रसादले इजलासमा रहेका न्यायधीसलाई लक्षित गरी मेच उचालेर हानेका थिए । न्यायाधीश जोगिन सफल भए पनि इजलासमा रहेका अधिकृत सामान्य घाइते भएका थिए । उनले भने, ‘मेचले लागेको भए कर्मचारीको ज्यानै जानसक्थ्यो ।’
जग्गासम्बन्धी फैसला आफ्नो पक्षमा नभएको भन्दै उनले ज्यान मार्ने अभिप्रायले आक्रमण गरेको चन्दको भनाइ छ । बिनु घतानी सुनारको घरजग्गाको किचलोसम्बन्धी मुद्दामा उनी वारेस भएर अदालत आएका थिए ।

काठमाडौँ जिल्ला अदालतले उक्त मुद्दामा प्रमाण नपुगेको भन्दै मुद्दा खारेजको फैसला सुनाएको थियो । त्यसैविरुद्ध बिनु उच्च अदालत गएकी थिइन् । न्यायाधीशद्वय रमेश पोखरेल र शेखर पौडेलको इजलासले जिल्लाकै फैसलालाई सदर गरेको थियो ।

उक्त फैसलापछि उनले इजलासमा आक्रमण गरेका थिए । त्यस क्रममा उनले कप्युटर, मेच टेबल र दराज तोडफोडसमेत गरेको चन्दले बताए । उनलाई ललितपुर जिल्ला अदालतबाट सातदिनको म्याद थपेर हिरासमा राखी अनुसन्धान भइरहेको छ ।