निर्मला हत्याप्रकरण : किन लुकाईदैछ छानविन समितिको प्रतिवेदन ?

Nirmala Panta
लाेकपाटी न्यूज

काठमाडौं, १० असोज । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त काण्डबारे गठित छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन् ।

संसदको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले हत्याका बारेमा समितिले के कस्तो प्रतिवेदन दिएको छ भन्ने कुरा सदनले थाहा पाउनुपर्ने जिकिर गरे ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएको आपत्ती व्यक्त गरे । ‘किन प्रतिवेदन लुकाईएको छ ? भन्ने कुरा बुझ्न सकिएको छैन ।’ उनले भने, ‘२४ घण्टाभित्र कार्यान्वयन हुनुपर्ने कुरा किन लुकाईएको छ ?’

यसैगरी सांसद चन्ला चौधरीले प्रतिवेदनका बारे सदनलाई जानकारी दिन माग गरिन् । उनले बलात्कारका घटना बढेको चर्चा गर्दै बलात्कारीलाई फाँसी दिने गरी कानून सच्याउन समेत माग गरिन् ।

सांसद विनोद खतिवडाले समेत निर्मला हत्यामा राज्य गम्भीर नभएको टिप्पणी गदै प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्