श्रेया हत्या प्रकरण : हत्यारालाई प्रहरीले गर्‍यो सार्वजनिक

Sherya Murderer
लाेकपाटी न्यूज

पोखरा, १० असोज । पोखरामा १० वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको घटनामा पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले १० वर्षीया बालिका श्रेया विकको बलात्कार र हत्याको घटनामा संलग्न भएको अभियोगमा २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेलले बलात्कारको प्रयास गर्दा बालिकाले प्रतिकार गर्दा आफुले हत्या गरेको प्रहरी सामु स्वीकार गरेका छन् ।हरीले कुसुमलाई सार्वजनिक गरिरहँदा स्थानिय बासीन्दाले प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । उनीहरुले दोशीलाई कडा सजायको माग गर्दै प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

अभियुक्त पौडेल बालिकाको छिमेकी हुन् । उनले सोमबार साथीहरुसँग बसेर मदिरा पिएका थिए । त्यही बेलामा बालिकालाई बाटोमा देखेपछि उनले बलात्कारको प्रयास गरेका हुन् । १० रुपैया बांकेर विस्कुट किन्न घरवाट निस्केकी श्रेयालाई देखेर उनले फेरी १० रुपैया दिएर फकाए ।
Shreya Aandolan
पैसा पाएर खुसी भएकी श्रेयालाई बलात्कारको प्रयास गरे । बालिकाले प्रतिकार गरेपछि उनले घाँटी अठ्याएर पानी ट्यांकीमुनि झाडीमा धकेलिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । झाडीमा हुत्याए पछि पनि बालिकाले चिच्याइन् ।

बालिकाले चिच्याएपछि अरुले थाहा पाउलाने भन्ने डरले घाँटी थिचेर हत्या गरेको उनले प्रहरी सामु बताएका छन् । घाँटी थिचेर पनि बालिका बेहोस भएको हुन सक्ने ठानेर ढुँगाले अनुहार र टाउकोमा हानेको भन्दै प्रहरीसंग कबुल गरेका छन् ।

Tags