विदेशी पर्यटकका लागि खुशीको खबर, ‘हान’ ले गर्‍यो यस्तो व्यवस्था

Tribhuvan International Airport, International Terminal
लाेकपाटी न्यूज

काठमाडौं, ११ असोज । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल ‘हान’ ले विदेशी पर्यटकलाई सबै सदस्य होटलमा खानामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । आज बिहीबार विश्व पर्यटन दिवसका अवसरमा नेपाल आइपुगेका विदेशी पर्यटकलाई छुट दिने व्यवस्था गरेको हो ।

‘हान’का अनुसार प्रत्येक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोदेखि अन्तिम उडानबाट आउने विदेशी पर्यटकलाई विमानस्थलस्थित काउन्टरबाट खानामा २० प्रतिशत छुटको कुपन वितरण गरिने छ ।

त्यसैगरी पहिलो उडानबाट आउने पहिलो तीनजनालाई विशेष सम्मान गरिने हानले जनाएको छ । उक्त कुपन सेप्टेम्बर २८ र २९ सम्म उपयोग गर्न सकिनेछ भने देशभरका होटलमा छुटको व्यवस्था गरिएको ‘हान’को भनाइ छ ।

Tags