धर्म परिवर्तन गरउने अमेरिकी महिलासहित पाँच नेपाली पक्राउ

Arrest pic
लाेकपाटी न्यूज

दाङ, १४ वैखाख। दाङमा क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न भएको अरोपमा पाँच जना पक्राउ परेका छन्। दुई विदेशीसहित घोराहीबाट पाँच जना पक्राउ परेका हुन्।

अमेरिकी नागरिक सिनक्वान्टा ओलिएनमे, भारतीय नागरिक गौरव श्रीवास्वसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगञ्जका प्रमोद काफ्लेलाई प्रहरीले ठुलो मात्रामा क्रिस्चियन धर्म प्रचार सामग्रीसहित नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार प्रहरीले उनीहरुको साथबाट एक कार्टुन बाइबलल पैसा राखिएको खाम, दमका उपचार सामग्री, ल्यापटप पेनड्राइभलगायत सामग्री बरामद गर्यो।

अनुमतिबिना नेपालमा आएर धर्मको प्रचारमा खटिएकी सिनक्वान्टालाई प्रहरीले आफ्नै रोहवरमा काठमाडौं अध्यागमन कार्यालय पठाएको छ । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।