वहुप्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर रिलिज (भिडियो)

Thugs of Hindustan
लाेकपाटी न्यूज

वहुप्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर रिलिज भएको छ । यस चलचित्रमा विग वि अमिताभ र बच्चन र आमिर खानले एकसाथ काम गरेका छन् ।

चलचित्रको ट्रेलर यश चोपडाको जन्मदिन पारेर रिलिज गरिएको हो । चलचित्रमा प्रयोग भएको एक्सन र भिएफ् एक्सको प्रयोगले सुपरहिट चलचित्र बाहुबली २ को झल्को दिन्छ । चलचित्रमा आमिर खान, अमिताभ बच्चन, फतिमा सना शेख,कट्रिना कैफ लगायतका कलाकारको जोडदार अभिनय रहेको छ ।

चलचित्र ८ नोभेम्बरमा प्रदर्शन हुँदैछ ।