अवतरणमा रहेको विमान समुद्रमा खस्यो

Papuwa Nyugini
लाेकपाटी न्यूज

पपुवा न्यूगिनी, १२ असोज । माइक्रोनेसिया द्धीपमा अवतरणमा रहेको विमान रनवे छाडेर समुद्रमा पुगेको छ । प्रसान्त महासागरको तटियक्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार उक्त दुर्घटना भएको हो ।

विमानमा चालकदलका सदस्य र यात्रु गरी सत्चालिस जना रहेका थिए । विमानमा सवारमध्ये केही घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

एअर न्यूगिनीको विमान अनियन्त्रित भएर समुद्रमा पुगेको बताइएको छ । तत्कालै उद्धारकर्मीले समुद्रमा तैरिएको जहाजबाट यात्रीको उद्धार गरेका थिए । सानो डुङ्गामा रोखर यात्रीहरुलाई बाहिर निकालिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्